नियम १५
सभाको बैठक सम्बन्धी कार्यविधि

(१) सभाको बैठक कम्तीमा वर्षको एक पटक बस्नेछ ।

(२) सभाको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।

(३) सदस्य सचिवले सभाको बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सबै सदस्यहरुलाई बैठक हुनुभन्दा कम्तीमा सात दिन अगावै दिनु पर्नेछ ।

(४) सभाका कायम रहेको सदस्य संख्याको कम्तीमा पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा सभाको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

(५) सभाको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा सभाका सदस्यहरुले आफू मध्येबाट छानेको सदस्यले सभाको बैठकको अध्यक्षता गर्नेछ ।

(६) सभाको बैठकको निर्णय सदस्य सचिवद्वारा प्रमाणित गरिनेछ ।

(७) सभाको बैठक सम्बन्धी अन्य कार्यविधि सभा आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।